आजदेखि नेतृत्व सम्हाल्दै नवनियुक्त आइजीपी वसन्त कुँवर

राष्ट्रपाटी न्युज

११ चैत्र २०७९

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व आजबाट नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्हाल्ने भएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई ल्याएको हो ।

नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् । कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् । यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडि बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।


Published :११ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media