पहिचानको आन्दोलनबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेको छुः मन्त्री किराँती

राष्ट्रपाटी न्युज

११ चैत्र २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

मन्त्री किराँतीले शनिवार मिस लम्बू २०७९ को उद्घाटन गर्दै काठमाडौं यस्तो बताएका हुन्  । पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिए ।

उनले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताए । मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पारे ।

उनले भने, ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रीपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ । किराँतीहरुको चेलीहरु राम्री मात्रै हुँदैनन्, बहादुर पनि हुन्छन् ।’

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे । उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताए । उनले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताए । यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताए ।


Published :११ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media