कानुन कार्यान्वयनमा नडगमगाउने आइजीपी कुँवरको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

चैत्र ११, २०७९

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताएका छन् । कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘आन्तरिक सुदृढीकरण भीष्म प्रतिज्ञा हो ।’

आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह ग्रहणपछि प्रहरी महानिरीक्षक कुँवरले प्रहरीमा अबको सुधार आफूले गर्ने प्रतिवद्धता जनाए।

उनले आफूले निष्पक्ष काम  गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिवद्धता जनाएका हुन् । मुलुकभर शान्ति सुरक्षा कायम गर्न अन्य सुरक्षाका निकायहरूसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।

गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


Published :चैत्र ११, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media