गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन गर्न राष्ट्रपति पौडेल गोरखामा

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आउनुभएको छ । आइतबार बिहान १० बजे सेनाको हेलिकोप्टरबाट गोखरा आउनुभएका राष्‍ट्रपति पौडेलले प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

मन्दिरमा पूजाआजापछि राष्ट्रपति पौडेलले गोरखा दरबारको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपतिले गोरखा संग्राहालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक राजधानीबाहिर भ्रमणमा आउनुभएको हो । पौडेलको साथमा उहाँकी श्रीमती, गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाइँलगायत सहभागी रहेका छन् ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media