तोलामा ६०० घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६०० ले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media