लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशभमा माओवादी केन्द्रसहित चार दलले समर्थन फिर्ता लिएपछि चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले प्रदेश प्रमुख शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । कांग्रेसका चौधरी,माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय,जनमतका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर,नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी,राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा परेका छन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media