सभामुखको अधिकार कटौती गर्ने कुरा गलतः खिमलाल देवकोटा

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने वहस चलिरहेको बताए । उनले प्रतिनिधि सभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रिय सभामा पनि आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने, ‘प्रतिनिधि सभामा प्रतिनिधि सभा नियमावलीको छलफल भइरहेको छ । त्यहाँ अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने, वहस भइरहेको छ । त्यो गलत हो । त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ । त्यो नगरियोस् ।’

राष्ट्रिय सभामा पनि अध्यक्षको अधिकार कटौतीको विषयले प्रवेश पाउ नसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media