मूल्य-मान्यता र आदर्शको राजनीतिमा कांग्रेस नेताहरु हिँड्न आवश्यकः नेता सिंह

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७९

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताए । उनले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा काँग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको बताए । उनले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ कि छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताए ।

नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गर्न पु-याएको  देन समाजले सम्झिरहने बताए ।


Published :१३ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media