सन्दिप लामिछानेविरुद्धको मुद्दाको पेशी स्थगित

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पेशी स्थगित भएको छ।  काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशीको सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।

कानुन व्यवसायी मुरारी सापकोटाले प्रतिवादीका तर्फका कानुनी व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि स्थगित भएको जानकारी दिए।

न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासको चौथो नम्बरमा मुद्दाको पेशी तोकिएको थियो।

यसअघि गत कार्त्तिक १८ गते घिमिरेको इजलासले सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।


Published :१३ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media