द्वन्द्वकालका जघन्य अपराधीलाई उन्मुक्ति दिन मिल्दैनः कमल थापा

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७९

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताएका हुन् ।

अध्यक्ष थापम लेखेका छन्,’माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौं निर्दोष व्यक्तिहरुको हत्या भएको छ। उनीहरूका परिवारले न्याय पाउनुपर्छ। हत्यालाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालिन न्यायको मान्यता होइन । हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन् । यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’


Published :१३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media