थप २४ जनामा कोरोना संक्रमण, ७८ जना सक्रिय संक्रमित

राष्ट्रपाटी न्युज

१४ चैत्र २०७९

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट १४२९ नमूना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३२० र एन्टीजेनबाट ११०९ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट ९ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।


Published :१४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media