पाल्पा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल-भारतको विवादित सीमानाबारे टिप्पणी गरेका छन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरेका हुन् ।
उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको आरोप लगाए । पाल्पामा ग्रासरुट मिशन अभियानलाई सम्बोधन गर्दै उनले प्रचण्ड शेरबहादुरहरूले खुम्च्याएको आरोप लगाए।
‘देशको भूगोल अलिकति सानो भयो । म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए । आफ्नो भूभाग नदेखेझैँ गरे,’ अध्यक्ष ओलीले भने, ‘कस्तो दलाली, कस्तो चाकडी होला । सरकारमा छन् र देश मिचिएको देख्दैनन् । देशको रक्षा गर्ने कर्तब्य हो नि । तर खोइ मैले त देखिनँ भन्छन् ।’
उनले आफू प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै अब प्रधानमन्त्री बन्ने कुनै रहर नभएको स्पष्ट पारे ।