मिटरब्याज पीडितको समस्यामा सरकार गम्भीर छैनः राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रपाटी न्युज

१५ चैत्र २०७९

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।  संसद्को विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने बताए।

उनले मिटरब्याज पीडितको  समस्यामा ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह  गरे।

अध्यक्ष लिङ्देनले मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको भन्दै आक्रोश व्यक्त गरे।

‘के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?, ‘उनले प्रश्न गरे ।


Published :१५ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media