नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति जनप्रतिनिधिले गम्भीर भूमिका खेल्नुपर्छः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

१५ चैत्र २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप समाजवादको आधार तयार पार्ने मु्ख्य जिम्‍मेवारी स्थानीय तहको भएको बताएका छन् ।

राजधानीमा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहको भएको बताएका हुन् ।

उनले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट नयाँ संविधान निर्माण भइ परिवर्तन र सामाजिक रूपान्तरणका मुद्धा संस्थागत गरिएको भए पनि संविधानले परिकल्पना गरेअनुरूपका संघीय र प्रादेशिक ऐनहरू निर्माण हुने क्रममा रहेको बताए ।

कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको उनको भनाइ छ।

उनले नेपालको संविधानले स्थानीय तहलाई एक अधिकार सूचिका रूपमा २१ कार्यकारी अधिकार प्रदान गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति स्थानीय तह र जनप्रतिनिधिहरूले गम्भीर भूमिका खेल्नुपर्ने बताए ।


Published :१५ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media