आज रामनवमी, देशभरका राममन्दिरमा भक्तजनको घुइँचो

राष्ट्रपाटी न्युज

१६ चैत्र २०७९

काठमाडौं । आज चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बिहीबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा यसैदिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ,अध्यात्म, वाल्मीकीय,तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

रामनवमीका अवसरमा काठमाडौंको बतिसपुतलीस्थीत राममन्दिरलगायत देशभरका र राममन्दीरमा भक्तजनको घुइँचो लागेको छ । रामनवमीका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।


Published :१६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media