१ हजार बढ्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

१७ चैत्र २०७९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार भने १ लाख ८ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Published :१७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media