नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनियताको शपथ

राष्ट्रपाटी न्युज

१७ चैत्र २०७९

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभयो ।

पुस १० गते प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिमण्डल विस्तार गरे पनि पूर्ण भने हुन सकेको छैन । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् ।

कांग्रेसको सिफारिसमा चार सांसद मन्त्री नियुक्त भएका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले शहरी विकासमन्त्रीको शपथ लिएकी छन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । नेसपाका महिन्द्र राययादवले महिला बालबालिका मन्त्रीको रुपमा शपथ लिएका छन् । नागरिक उन्मुक्तीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री भएकी छन् ।

माओवादी केन्द्रबाटै उपमहासचिव शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको शपथ लिएका छन् ।

यसअघि उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालयको जिम्मेवारीमा रहेका  नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिइएको  छ ।


Published :१७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media