कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

राष्ट्रपाटी न्युज

चैत्र १६, २०७९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत पाएका हुन् । उनलाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका छन् ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ । उनलाई विश्वास छैन भन्ने पक्षमा १ मत मात्रै परेको छ ।

शर्मालाई नेपाली कांग्रेसका १४,  नेकपा माओवादी केन्द्रका १३,  नेकपा एमालेका ९,  नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत दिएका हुन् ।

मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त  पाएका थिए । राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका हुन् । राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदले उनलाई आज विश्वासको मत दिएका थिए ।


Published :चैत्र १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media