ओखलढुंगाको चम्पादेवी -६ मा चट्ट्याङ्ग लागेर एक किशोरीको मृत्यु, एक घाइते

राष्ट्रपाटी न्युज

१७ चैत्र २०७९

ओखलढुंगा। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा-६ भदौरेमा चट्ट्याङ्गले लागेर एक किशोरीको मृत्यु भएको छ भने एक किशोरी गम्भिर घाइते भएकी छन् ।शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्ट्याङ्गले उक्त दुर्घटना हुन पुगेको हो।

उक्त प्राकृतिक दुर्घटनामा चम्पादेवी गाउँपालिका वडा नं ६ भदौरीकी ललित कार्की तथा तारा कार्कीकी छोरी २० बर्षीया शर्मीला कार्की (तामाङ) को मृत्यु हुन पुगेको हो । सोही चट्ट्याङ्गले शंकर कार्की तथा अप्सरा कार्कीकी १६ बर्षीया छोरी अरुणा कार्की गम्भिर घाइते भएकी छन् ।

चट्याङ लागेर घाइते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन पुर्याइएको थियो । अस्पताल पुर्याइएको भएपनि शर्मीलाको बाटैमा मृत्यु भएको थियो । अरुणाको भने उपचार भैरहेको बताइएको छ।

 

 


Published :१७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media