आज देशभर सामान्यदेखि पूर्ण बदली रहने

राष्ट्रपाटी न्युज

१८ चैत्र २०७९

काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Published :१८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media