नुवाकोटमा टाटासुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन, १० घाइते, ३ जना गम्भीर

राष्ट्रपाटी न्युज

१८ चैत्र २०७९

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रवार टाटा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।

बेतिनीबाट यात्रु लिएर शुक्रवार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुई जना र उपचारको क्रममा गए राति थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो ।

घटनास्थलमा दुप्चेश्वर गाउँपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।


Published :१८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media