सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

राष्ट्रपाटी न्युज

१८ चैत्र २०७९

काठमाडौं । मिटरब्याजीबाट पीडितहरुको राजधानी केन्द्रित आन्दोलन स्थगित भएको छ ।

सरकारले उनीहरुको माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने भएका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति समेत भएको छ ।

सरकार र मिटरब्याजीबाट पीडितबीच गृह मन्त्रालयमा शनिबार पाँच बुँदे सहमति भएको हो ।

सरकारी वार्ता टोलीका संयोजक मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र पीडितका तर्फबाट संघर्ष समितिका संयोजक मनोज पासवानसहित दुवै पक्षमा पाँच पाँच जनाको वार्ता टोलीबीच यस्तो सममति भएको हो ।


Published :१८ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media