रौतहटमा मेयरको सट्टा एसइई दिने नक्कली परीक्षार्थी पक्राउ

राष्ट्रपाटी न्युज

१९ चैत्र २०७९

रौतहट । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका छन् ।
मौलापुर नगरपालिकाको लक्ष्मी नियाँ माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइँ नाता पर्ने इन्जिनियर हुन् । उनलाई परीक्षा नियमावली अनुसार कारबाही हुने रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।


Published :१९ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media