उपनिर्वाचनः चितवन-२ बाट रास्वपा सभापति लामिछानेको उम्मेदवारी दर्ता

राष्ट्रपाटी न्युज

२० चैत्र २०७९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।


Published :२० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media