जनकपुरधाम । मधेस प्रदेशबाट एमाले बाहिरिने भएको छ ।
पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।
केन्द्रमा समीकरण फेरिएपछि प्रदेश सरकारमा बन्न असहज भएको भन्दै एमाले बाहिरिने भएको हो ।
एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।
मधेश प्रदेशमा सबैभन्दा ठूलो दल बनेको एमाले आज सरकारबाट बाहिरिन लागेको हो । मधेसमा एमालेका २३ सांसद छन् ।
हाल मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री छन् ।
एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिने भएका हुन् ।