रास्वपा सभापति लामिछानेविरुद्धको आजको सुनुवाइ स्थगित

राष्ट्रपाटी न्युज

चैत्र २१, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटको सुनुवाइ रोकिएको छ ।

सर्वोच्चमा सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो ।

युवराज पौडेल (सफल) ले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो।

तर, न्यायाधीश सिन्हाले रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले एक खालको धारणा दिइसकेकाले यो मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।

अब सर्वोच्चले उक्त रिटमा अर्को इजलास तोक्नेछ।


Published :चैत्र २१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media