उपनिर्वाचनः उम्मेदवारविरुद्धको उजुरी छानबिन र नामावली प्रकाशन आज

राष्ट्रपाटी न्युज

२२ चैत्र २०७९

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरेर आजै उम्मेदवारहरुको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ ।
तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो ।
२०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने आयोगले जनाएको छ ।


Published :२२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media