रवि लामिछानेविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

राष्ट्रपाटी न्युज

२२ चैत्र २०७९

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै लामिछाने विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थिए ।

राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका थिए । साथै काठमाडौँबाट युवराज पौडेल (सफल) ले इमेलमार्फत एउटा उजुरी दर्ता गराएका थिए । उनले निवेदनमा भने स्पष्टीकरण माग गरिएको छ ।


Published :२२ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media