साझा न्युनतम कार्यक्रम राष्ट्रिय सहमतिकै दस्तावेज रहेको प्रधानमन्त्रीको दाबी

राष्ट्रपाटी न्युज

२३ चैत्र २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दस दलीय गठबन्धनले ल्याएको साझा न्युनतम कार्यक्रम पहिलेभन्दा परिस्कृत र परिमार्जित भएको बताएका छन् । सिंहदरवारमा आयोजित सार्वजनिकीकरणमा प्रधानमन्त्री प्रचण्डले पहिलेको साझा न्युनतम कार्यक्रममा उल्लेख भएका राम्रा कुराहरू पनि समावेश गरिएको बताए ।

‘प्रधानमन्त्री भएपछि सात दलीय गठबन्धनभन्दा त्यसो समेतलाई अध्ययन गरेर सबै राम्रा कुरालाई व्यवस्थित र परिमार्जित रूपमा सरकारको साझा कार्यक्रम बनेको छ,’ उनले भने।

उनले दस दलका नेताहरूको दिमागसँगै यसअघिका नेताहरूको पनि दिमाग लागेकाले साझा न्युनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्दा फरक नपर्ने बताए।

‘अहिले दस दलका नेताले दिमाग लाएकै छ। पहिलेका पार्टीको पनि दिमाग लागेको छ । यसलाई राष्ट्रिय सहमतिकै साझा न्युनतम कार्यक्रम भन्दा फरक पर्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले जनताले सरकारबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै त्यो अपेक्षा पूरा गर्न नयाँ प्रतिबद्धताको खाँचो रहेको बताए । त्यसैले साझा न्युनतम कार्यक्रममा समेटिएको कुराहरू कार्यान्वयनका लागि गठबन्धनमा आबद्ध सबैले जोड गर्नुपर्ने उनको भनाइ छ ।


Published :२३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media