नक्कली परीक्षार्थी लगाएर एसइई दिन लगाउने मेयर कानुविरुद्ध पक्राउ पुर्जी  

राष्ट्रपाटी न्युज

२४ चैत्र २०७९

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका–६ पोठियाहीका कमल साहबिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध  पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा  परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।


Published :२४ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media