सरकारको न्यूनतम साझा कार्यक्रम अमूर्त, लक्ष्यविहीन र आलटालेः रास्वपा

राष्ट्रपाटी न्युज

२४ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा असहमति रहेको बताएको छ ।

बिहिबार सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उसलो असहमति जनाएको हो ।

रास्वपा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्रीले सरकारको नयाँ नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज भनेपनि त्यसमा आफ्नो दलको असहमति रहेको बताए ।

प्रवक्ता ढकालले भने, ‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ । बलात्कार जन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने , डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् । यसमा हाम्रो सहमति छैन ।’

विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता आफूहरुको विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाएको तर समग्रमा अमूर्त छन्, लक्ष्यविहीन र आलटाले देखिएको उनले बताए ।

शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।


Published :२४ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media