समाजलाई आर्थिक र सामाजिक विकास गरेर अघि लैजान आवश्यकः सभामुख घिमिरे

राष्ट्रपाटी न्युज

२५ चैत्र २०७९

काठमाडौं । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर अघि लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए ।

उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लवले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए । सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर महत्वपूर्ण घडीमा आइरहेका छौँ । अनेकौँ चुनौतिहरुको सामना गरीरहेका छौँ । यतिबेला हाम्रो समजाले हाम्रो प्रणालीलाई र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरुलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको छ । लायन्स क्लवले गरिरहेका काम र प्रणालीहरु पदको लागि कुनै कोशिस गर्नु नपर्ने, आम सदस्य प्राप्त गर्दैगर्दा पनि सदस्यको लागि आफ्नो चाहना र इच्छा भन्दापनि संस्थाको आवश्यक्ता र मूल्यांकनको आधारमा सदस्यता प्रदान गर्ने कुरा देखिरहेका छौँ ।’

सभामुख घिमिरेले लायन्स क्लवले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।


Published :२५ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media