थप ६४ जना कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

२५ चैत्र २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।


Published :२५ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media