सन्दिप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

राष्ट्रपाटी न्युज

२६ चैत्र २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो ।

परिवर्तित नाम गौशाला-२६ ले बलात्कारको उजुरी दिएपछि गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ ।


Published :२६ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media