पूर्वसांसदसहित ६५ नेता–कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

२६ चैत्र २०७९

बर्दिया । ६५ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । बर्दियामा पूर्व सांसदसहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

पार्टीको घमिसन ग्रासट्टट अभियान’अन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारुसहित जसपाबाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगरसहित ३० जना एमालेमै फर्किएका छन् । त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना एमालेमा प्रवेश गरेका हुन् भने २५ जना नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य डा राजन भट्टराई र पोलिटब्युरो सदस्य शान्ता चौधरीलगायत नेताहरुले नव आगन्तुकहरुलाई पार्टीमा स्वागत गरेका थिए ।


Published :२६ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media