सदनमा अडियो प्रकरणबारे रास्वपाले माग्यो क्षमा

राष्ट्रपाटी न्युज

२७ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा. श्रेष्ठको टेलिफोन संवादको अडियो सार्वजनिक भएसँगै श्रेष्ठमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिए ।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको र सोही बमोजिम आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको परियारले जानकारी दिए ।

डा. श्रेष्ठलाई साधारण सदस्यको हैसियतमा गर्नुपर्ने काम गर्न पनि रोक लगाएर कारबाही थालिएको भन्दै उनले रास्वपा यस्ता कार्य दोहोरिन नदिन सचेत रहेको बताए ।


Published :२७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media