एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन

राष्ट्रपाटी न्युज

२७ चैत्र २०७९

सुर्खेत । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ ।

एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाे ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।


Published :२७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media