गोविन्द आचार्य प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

राष्ट्रपाटी न्युज

चैत्र २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहनुभएका आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

आचार्य यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका थिए । यसअघि नै प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भइसकेका छन् ।


Published :चैत्र २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media