१०६ जना थपिए कोरोना संक्रमित, एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र २७, २०७९

काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट २४३६ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ र एन्टीजेनबाट १९६० नमुना परीक्षण गर्दा पीसीआरबाट ७४ र एन्टिजेनबाट ३२ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

यो अवधिमा ४८ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।


Published :चैत्र २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media