ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, समानुपातिक सांसद बिन्दाबासिनी कंसाकार

राष्ट्रपाटी न्युज

२९ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनेका ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए । यससँगै उनको सांसद पद पनि गएको छ ।

त्यसैगरी पार्टीले बिन्दाबासिनी कंसाकारलाई सामानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

घुस मागेको अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि कंसाकारलाई सांसद बन्ने बाटो खुलेको हो।

समानुपातिक बन्दसूचीअनुसार उनलाई सांसद बनाउने पक्रिया अगाडि बढाउने पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । उनले सांसद श्रेष्ठले सोचेजस्तो जवाफ दिन नसकेको भन्दै कारबाही गरिएको बताए ।

बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने र कंसाकारलाई प्रतिनिधिसभा सदस्य बनाउने प्रक्रिया प्रारम्भ गरिने सभापति लामिछानेले बताए ।


Published :२९ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media