२०७९-८० को विप्रेषण आप्रवाह उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांक

राष्ट्रपाटी न्युज

३० चैत्र २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जनाएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भए ७९४ अर्ब ३२ करोड पुगेको छ ।

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ ।

अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।


Published :३० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media