वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट संघाई बाहिरिए, अब उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा हुने

राष्ट्रपाटी न्युज

३० चैत्र २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको हिजो भएको मतदानबाट वरिष्ठ उपाध्यक्ष वाहेकका सबै निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आएको छ ।
पहिलो चरणको चुनावबाट वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारले ५० प्रतिशत +१ मत ल्याउन नसकेपछि पुनः आजै दोस्रो चरणको मतदान हुने भएको छ ।
पहिलो चरणको मतदानमा सबैभन्दा बढी अञ्जन श्रेष्ठले ३७ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१ प्रतिशत र रामचन्द्र संघाईले ३० प्रतिशत मत ल्याएका छन् । सबै भन्दा कम मत ल्याएका संघाई स्वतः बाहिरिएका छन् भने अब अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने भएको हो ।
दोस्रो चरणको मतदान आजै प्रज्ञा प्रतिष्ठानमा नै हुनेछ ।


Published :३० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media