देशका पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो दिन देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शुक्रबार राति देशभर आंशिक बदली रहनेछ ।


Published :१ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media