काठमाडौँ । आजबाट विक्रम संवत् २०८० सुरु भएको छ । वैशाख १ गतेलाई नेपालीहरूले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीहरूले ले एक अर्कामा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरू भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यस दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।
मल्लकालदेखि नेपालमा मौलिक संवत्का रूपमा चल्दै आएको विक्रम संवत् विक्रमादित्यले सुरु गरेका हुन् । नेपालमा मात्र मौलिक रूपमा यो संवत् चल्छ ।