काठमाडौं । २०८० सालको पहिलो कारोबार अर्थात् साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।
आइतबार नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको हो । योसंगै सुचक १९३१.६८ को बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अङ्कले घटेर ३६७.७३ विन्दुमा पुगेको छ ।
यसअघि बिहीबारको कारोबारमा भने नेप्से परिसूचक २९ अंकले ओरालो लागि १९३४ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाखभन्दा बढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ ।
यसैगरी, नेप्से सुचकमा ७० कम्पनीमा वृद्धि भएको छ । १३९ कम्पनीमा ओरालो लागेको र १० कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ८९ लाख रुपैयाँको कारोबार गरेको छ ।
यसैगरी एनआइसि एशिया कम्पनीले र सिवम् सिमेन्टको ३ भन्दा बढि कारोबार भएको हो । आइतबार १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनीहरुमा ओरालो लागेको छ । बैंकिङ सुचक, होटल तथा पर्यटन, जिवन बिमा र निर्जीवन बिमा कम्पनीहरुमा उकालो लागेको छ।
आइतबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, मोलुङ जलविद्युत र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।