प्रचण्ड र देउवा पुगे एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन्  । अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्  ।

साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, काँग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट गएका छन्  ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । आईतवार बिहान सभामुखले बालकोटमा बैठक बोलाए पनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।


Published :४ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media