काठमाडौं । थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट १६३२ नमुना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७१ र एन्टीजेनबाट १०६१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट ४१ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एकजनाको मृत्यु भएको छ ।
यो अवधिमा ६० जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।