मिटरब्याजपीडितको न्यायका लागि सडकमा उत्रिने राप्रपाको चेतावनी

काठमाडौँ । राप्रपाले मिटरब्याजपीडितमाथि प्रहरीको आक्रमणप्रति भर्त्सना गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् ।

राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुखद् भएको भन्दै उनले मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए ।


Published :५ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media