जग्गा कित्ताकाट खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् ।

उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको प्रस्ट्याइन् ।


Published :५ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media