संवैधानिक परिषद्को बैठक निष्कर्षहीन, प्रधानन्यायाधीश नियुक्तिमा निर्णय हुन सकेन

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निश्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निश्कर्ष टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । उनले अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी भएका थिए ।

वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।


Published :६ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media